काठमाडौं – सनराइजन बैंकले चालु आर्थिक दोस्रो त्रैमासमा रू. ९४ करोड ९४ लाख १२ हजार खुद नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको सोही अवधीको भन्दा केही बढी हो । गत आवको सोही अवधीमा बैंकले रु. ९४ करोड ४३ लाख खुद नाफा कमाएको थियो । त्यो अनुसार चालु आवको समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा बढेको देखिन्छ । बैंकको वित्तरणयोग्य नाफा भने २१ करोड ३३ लाख ८९ हजार रहेको छ ।
समिक्षा अवधी बैंकले रु. ९२ अर्ब ४० करोड ७५ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. ८६ अर्ब ९६ करोड ७४ लाख प्रवाह गरेको छ । यस्तै, बैंक तथा वित्तिय संस्थालाई रु. २ अर्ब २ करोड भन्दा बढी कर्जा प्रवाह गरिएको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. ४ अर्ब ५६ करोड २४ लाख २८ हजार कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. १ अर्ब ८१ करोड १५ लाख ८२ हजार रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ३ अर्ब ९१ करोड९५ लाख जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी २०.०१ रहेको छ । यस्तै, प्रतिशेयर कुल सम्पत्ति रु. १२७८.१४, मुल्य आम्दानी अनुपात १३.४९, तरलता अनुपात २३.४५, प्रतिशेयर नेटवर्थ १४९.६७ रहेको छ ।
प्रतिक्रिया