काठमाडौं – सानिमा बैंकले चालु आर्थिक दोस्रो त्रैमासमा रू. १ अर्ब ६ करोड २७ लाख नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
बैंकको यो नाफा गत आवको भन्दा भने कम हो । गत आवको बैंकले रु. १ अर्ब १४ करोड ७४ लाख खुद नाफा कमाएको थियो । त्यो अनुसार चालु आवको समिक्षा अवधीमा बैंकको नाफा झिनो मात्रामा घटेको देखिन्छ ।
समिक्षा अवधी बैंकले रु. १ खर्ब १० अर्ब २४ करोड १४ लाख निक्षेप संकलन गरेको छ । कर्जा तर्फ भने बैंकले रु. १ खर्ब १ अर्ब ५४ करोड १९ लाख प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट बैंकले समिक्षा अवधीमा रु. ५ अर्ब १५ करोड १२ लाख ९४ हजार कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रु. १ अर्ब ९९ करोड ५० लाख ७६ हजार रहेको छ ।
हाल बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो जगेडामा भने रु. ३ अर्ब ६८ लाख जम्मा गरेको छ ।
वित्तिय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी २२.०२ रहेको छ । यस्तै, प्रतिशेयर कुल सम्पत्ति रु. १३८८.१८, मुल्य आम्दानी अनुपात १६.७२, तरलता अनुपात २१.५८, प्रतिशेयर नेटवर्थ १४०.२८ रहेको छ ।
प्रतिक्रिया