काठमाडौं,नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको पुसमसान्त सम्म खुद नाफा १९ लाख ७३ हजारले घटेको छ ।
बैंकले चालु आ.व.को दोस्रो त्रैमाससम्म १ अर्ब ३५ करोड ४ लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब ३५ लाख २३ लाख खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकको नाफा १९ लाख ७३ हजारले घटेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि ४ करोड ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो।
बैंकको चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ रहँदा यस अवधिमा प्रतिशेयर नेटवर्थ २५३.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.१२ गुणा छ । समीक्षा अवधिमा बैंकको कर खर्च १३ करोड २४ लाख रुपैयाँ बढेपछि खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ खर्ब ४८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ ६१ करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्ममा बैंकले १ खर्ब ४१ अर्ब ५३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब ३० करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
समीक्षा अवधिमा बैंकको आधार दर ७.८२ प्रतिशतबाट ६.१९ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.४४ प्रतिशतबाट ४.३९ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया