कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि १ अर्ब बराबरको ऋणपत्र निष्कासन खुला गदैँ

५ बर्ष अगाडि

काठमाडौं-  कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन माघ २२ गतेदेखि खुला गर्ने भएको छ । 

बैंकले रु। १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने रु। १ अर्ब बराबरको ऋणपत्र माघ २२ गतेदेखि खुला गर्ने भएको हो  । बैंकले ९ प्रतशित व्याजदरको १० वर्षे ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बैंकले निष्कासन गर्न लागेको ऋण्पत्रमा १० लाख कित्तामध्ये ६ लाख कित्ता व्याक्तिगत तर्फ विक्री गर्नेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट विक्री गरिनेछ । 

ऋणपत्र निष्कासन बन्द  माघ २६ गते बैंकिङ्ग समय पश्चात् हुनेछ । तर, उक्त समय अवधिमा मागभन्दा कम आवेदन परेमा चैत ६ गतेसम्म समय थप गरिने छ । ऋणपत्रको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया