इन्फ्रास्ट्रक्चर बैंकको १ अर्ब भन्दा बढीको बिमा

५ बर्ष अगाडि

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु १ अर्ब  भन्दा बढी रकमको बिमा गरेको छ । बैंकले  जारी गरेको तथ्याङ्क अनुसार १ अर्ब ३१ करोड १३  लाख ६४  हजार ५ सय ४० रुपैँया बराबरको बिमा गरेको हो । 

जसमा सबैभन्दा धेरै अजोड इन्स्योरेन्स लिमिटेडमा  १ अर्ब २१ करोड ९० लाख सान्भी इनर्जीलाई प्रवाह गरिएको कर्जाको धितो सुरक्षणको बीमा गरेको छ  । यस्तै प्रभु इन्स्योरेन्स लिमिटेडमा आईटी उपकरणका लागी  २ करोड, २९ लाख, ८ हजार ६ सय ५रुपैँया , पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यालय सवारी साधन एम जी का लागी  ४६ लाख, ५७ हजार,५ सय,  पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यालय सवारी साधन मोटर साईकलका लागी  १ लाख ६२ हजार ४ सय ५० रुपैँया बराबरको बिमा गरेको छ । 

यस्तै पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा  बी बी आई इन्स्योरेन्सका लागी  १० करोड , प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा  प्रोपर्टी तथा अन्य उपकरणका लागी  ५ करोड ३८ लाख १ हजार ८ सय ८५ रुपैँया, पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडमा  प्रमुख कार्यकारीको सवारी साधन का लागी  ६८ लाख ८४ हजार १ सय रुपैँया  बराबरको बिमा गरेको  तथ्याङ्कमा उल्लेख छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया