एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको सुरुवात गरेको छ ।बैंकले ग्राहकहरुको सुविधाका लागी डिजिटल बैंकिङ्गलाई प्राथमिक्तामा दिदै अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको सुरुवात गरेको हो ।
बैंकले आफ्नो वेबसाइमा रहेको आई सर्भर डिजिटल सेवामार्फत नयाँ डेबिट कार्डका लागी फारम भर्न सकिने व्यवस्था मिलाएको छ । आई सर्भर भित्र सेवाग्राहीहरूले आफ्नो बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी डेबिट कार्डको फारम भर्नु पर्नेछ । बैंकले सेवाग्राहीलाई फारम भरे पश्चात एसएमएस मार्फत रिफ्रेन्स कोड र आवेदन अनुसारको डेबिट कार्ड तयार भएपछी एसएमएस तथा फोनमार्फत जानकारी गराउने व्यवस्था समेत गरेको छ । सेवाग्राहीले उक्त रिफ्रेन्स कोड लिएर बैंकको शाखामा गई डेबिट कार्ड प्राप्त गर्न सक्नेछन् ।
अनलाईन सुविधाहरू एकै स्थानबाट प्रदान गर्दै आएको आई सर्भर डिजिटल सेवा लाई बैंकले परिष्कृत रुपमा विकास गरेको छ । आई सर्भर मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्स चेक गर्न, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन र एकाउन्ट स्टेटमेन्ट आवेदन), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर) र डेबिट कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता र नयाँ कार्ड आवेदन) प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकै बेलो महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको पालना गर्दै बैंकले पछिल्लो पटक अनलाईनमार्फत बैंकिङ्ग सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ ।
प्रतिक्रिया