६ महिनामा ६३ अर्ब जीवन बीमाशुल्क संकलन, कुन कम्पनीले कति उठाए ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आवको पुस मसान्तसम्म १९ जीवन बीमा कम्पनीले ६२ अर्ब ८५ करोड बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुले पुस महिनामा मात्र रु. १४ अर्ब ४१ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिको पुसमसान्त सम्मको तथ्यांकले यस्तो देखाएको हो ।
 
तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४ करोड प्रथम बीमा शुल्क संकलन गरेका छन् भने नविकरण बीमा शुल्क ४१ अर्ब ६६ करोड रहेको छ । यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमाबापत रु १५ करोड रुपैंया संकलन भएको छ । उक्त कम्पनीहरुले पुस महिना मात्र प्रथम बीमा शुल्क ६ अर्ब ५८ करोड, नविकरण बीमाशुल्क ७ अर्ब ७९ करोड र वैदेशिक रोजगार बीमा शुल्क ५ करोड रुपैया रकम संकलन गरेका छन् ।

यस्तै चालु आ.व.को पुसमसान्त सम्म देशभर बीमालेखको कुल संख्या ७७ लाख २५ हजार २६४ रहेको छ । जसमध्ये जीवन बीमालेखको संख्या ६९ लाख ७२ हजार ८४ र वैदेशिक रोजगार बीमालेखको संख्या ७ लाख ५३ हजार १८० रहेको छ ।
३३ अर्ब ६० करोड चुँक्ता पुँजी रहेको १९ वटा उक्त कम्पनीमा ५ हजारभन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् भने कार्यालयको संख्या १ हजार ९ सय ३० रहेको छ ।

बीमा शुल्क संकलन गर्ने कार्यमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ  । उक्त कम्पनीले यस अवधीमा रु. १७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोशनले रु.९ अर्ब ६१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले रु. ५ अर्ब ८१ करोड बीमाशुल्क संकलन गरेका छन् । 

कुन कम्पनीले कति बीमाशुल्क कति उठाए ?

१.नेपाल लाइफः १७.६२ अर्ब 
२.लाइफ इन्स्योरेन्स कर्पोशनः ९.६१ अर्ब 
३.राष्ट्रिय बीमा संस्थानः ५.८१ अर्ब 
४.नेशनल लाइफः ५.५४ अर्ब 
५.युनियन लाइफः ३.३० अर्ब 
६.एशियन लाइफः ३.१६ अर्ब 
७.सूर्या लाइफः २.२९ अर्ब
८.गुराँस लाइफः २.१३ अर्ब 
९.मेट लाइफः २.०५ अर्ब 
१०.प्राइम लाइफः २.०२ अर्ब
११.ज्योति लाइफः १.४४ अर्ब 
१२. सिटिजन लाइफः १.४४ अर्ब 
१३. रिलायबल लाइफ : १.३४ अर्ब
१४. आइएमई लाइफः १.२३ अर्ब 
१५. रिलायन्स लाइफः १.१७ अर्ब
१६. सन नेपाल लाइफः ०.९९ अर्ब 
१७. सानिमा लाइफः ०.९७ अर्ब
१८. प्रभु लाइफः ०.६३ अर्ब 
१९. महालक्ष्मी लाइफः ०.४६ अर्ब 
स्रोतः बीमा समिति

५ बर्ष अगाडि

प्रतिक्रिया