बैंकिङ कसुरमा फरार कृष्णा लाल ढोला प्रहरी फन्दामा

५ बर्ष अगाडि

काठमाडौं – प्रहरी प्रधान कार्यालय अन्तरगको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसुरमा फरार कृष्णा लाल ढोलालाई प्रक्राउ गरेको छ । व्यूरोले माघ ११ गते अनामनगरबाट ढोलालाई प्रक्राउ गरेको हो । 
सुभ कुमारी मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कृष्णलाल ढोला भएको बैंकिङ् कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७६।०८।२३ गतेको फैसलाले जिल्ला भक्तपुर, भक्तपुर न.पा. वडा नं. ५ बस्ने बर्ष ३८ का कृष्णलाल ढोलालाई दिन ९ कैद र रु. १० लाख जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि ति व्यक्ति  उल्लेखित सजाय वेरुजू रही फरार रहेका थिए । 
अनामनगर, काठमाण्डौंबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोमबार भक्तपुर जिल्ला अदालतमा निजलाई पेश गरिएको ब्यहोरा सूचित गरिन्छ।

साथै, निज प्रतिवादी कृष्णलाल ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानि जानि जाहेरवालालाई झुक्यानमा पारि ज्योति विकाश बेंक ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको  हुनाले कुनै भुक्तानी नभई बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट निज प्रतिवादीको हकमा  बैंकिङ् कसूर तथा सजाय ऐन २०६४  बमोजिमको कसूरमा तोकिएको सजाय हुने गरी फैसला भएको बताइएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया