काठमाडौं- बुद्धभुमी हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ७ गते शुक्रबार १३ औं वार्षिक साधारण सभा डोकेको छ । सभा कम्पनिको रजिष्ट्रार
कार्यालय महारागंज काठामाडौैमा बेलुकी तीन बजेबाट सुरु हुनेछ । उक्त कुराको निर्णय माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन माथि छलफल गरिने छ । साथै, कम्पनिको आ.व. ०७६र०७७ को
लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा र आ.व. ०७७र ०७८को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेसम्बन्धी विषयमा छलफल गरिने छ ।
प्रतिक्रिया