साढे १३ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्त नाफा, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं-आरएसडिसी लघुवित्त वित्तिय संस्थाले चालु आ.व.को दोस्रो त्रैमाससम्म ५ करोड २२ लाख ९७ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । लघुवित्तले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्म्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

लघुवित्तको यो नाफा गत आ.व. को सोही अवधिसम्मको तुलनामा १३.४८ प्रतिशतले बढी हो । गत आ.व. को पुस मसान्तसम्म लघुवित्तले ४ करोड ६० लाख ८४ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ११ लाख ५८ हजार रुपैंयाले बढेको छ । लघुवित्तले समिक्षा अवधिसम्म ७९ करोड ४५ लाख रुपैंया बराबरको खुद ब्याज आम्दानी गरेको छ । गत आ.व.को सोही अवधिसम्म लघुवित्तले ७८ करोड २९ लाख बराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

७३ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ थियो भने जगेडा कोषमा ११ करोड ३७ लाख रुपैयाँ थियो।

पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ६६ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ४९।३४ गुणा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.१९ प्रतिशतबाट बढेर ०.६४ प्रतिशत पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्था बापत ७२ लाख ५० हजार रुपैयाँ मात्र छुट्याएको थियो।

५ बर्ष अगाडि

प्रतिक्रिया