घट्यो आरएमडीसी लघुवित्तको नाफा, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म रू. ११ करोड ४७ लाख ४७ हजार खुद नाफा कमाएको छ । लघुवित्तले आज सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको सोही अवधीमा रु. १४ करोड ६१ लाख ६६ हजार खुद नाफा कमाएको थियो ।
लघुवित्तले हालसम्म रु. ७ अर्ब ७६ करोड ८२ लाख निक्षेप संकलन गरेछ । कर्जा तर्फ भने कम्पनीले ९ अर्ब ६४ करोड १० लाख रुपैयाँ प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले रु. ३९ करोड १६ लाख ९३ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. २० करोड १२ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब भन्दा बढी रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ अर्ब ६३ करोड ६४ लाख रहेको छ । 
वित्तिय विवरणअनुसार प्रतिशेयर आम्दानी २२.१९ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मुल्य रु. १०३५.८३, मुल्य आम्दानी अनुपात ५२.७३, तरलता अनुपात १३.८० प्रतिशत, प्रतिशेयर नेटवर्थ रु.२५८.२३, पुँजीकोष अनुपात २३.६३ प्रतिशत रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया