काठमाडौं- अपि पावर कम्पनीको खुद नाफा चालु आ.व.को दोस्रो त्रैमाससम्म आइपुग्दाँ १० करोडभन्दा बढीले बढेको छ ।
कम्पनीले चालु आ.व.को पुस मसान्तसम्म आइपुग्दाँ १४ करोड ३२ लाख २१ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । कम्पनिले गत वर्षको सोही अवधिसम्म ४ करोड १४ लाख १५ हजार खुद नाफा कमाएको थियो । गत आ.व.को सोही अवधिको तुलना कम्पनिको नाफा १० करोड १७ लाख रुपैंया अर्थात २४५.७९ प्रतिशतले बढी हो । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी ३० करोड ३७ लाख ३७ हजार रुपैंया बराबर रहेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले १३ करोड ६४ लाख ४१ हजार रुपैंया बरारबरको खुद आम्दानी गरेको थियो । उक्त रकम गत वर्षको सोही अवधिको तुलना १६ करोड ७२ लाख ९६ हजार रुपैंया बढी हो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यस कम्पनीको जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ११ करोड ५६ लाख रुपैयाँ सञ्चित थियो।
यस्तै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ रुपैयाँ ८८ पैसा बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.८५ गुणा रहेको छ।
प्रतिक्रिया