काठमाडौं- नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैैंकको खुद नाफा साढे १६ प्रतिशतले बढेको छ ।
चालु आ.व.को पुसमसान्तसम्म बैंकले ९४ करोड १२ लाख ५५ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । सो नाफा गत वर्ष तुलनामा १६.५२ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोही अवधिसम्म ८० करोड ७७ लाख ७७ हजार खुद नाफा कमाएको थियो ।
तर, चालु आ.व. को पुसमसान्तसम्म आउँदा बैंकको खुद आम्दानी भने घटेको छ । गत आ.व. को पुस मसान्तसम्म १ अर्ब ३५ करोड ५२ लाख ४१ हजार रुपैंया बराबरको खुद आम्दानी गरेको बैंकको आम्दानी यस वर्ष दोस्रो त्रैमाससम्म आउँदा ८ प्रतिशतले घटेर १ अर्ब २४ करोड ४६ लाख ६६ हजार पुगेको छ । बैंकको सञ्चालन मुनाफा भने १८.८९ प्रतिशत बढेर १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ पुगेको छ। बैंकको खुद व्यापार आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सञ्चालन मुनाफा बढ्न पुगेको हो। बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहेको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ । यस बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको जगेडा कोष १८.९० प्रतिशत र रिटेन्ड अर्निङ्ग ३०.१६ प्रतिशत बढेको हो।
समीक्षा अवधिमा बैंकको निक्षेप ७० अर्ब ८ करोड ९७ लाख रुपैंया बराबर रहेको छ । गत आ.व.को तुलना बैंकको निक्षेप ५.५० प्रतिशतले बढी हो । गत आ.व. को पुसमसान्तसम्म बैंकको निक्षेप ६६ अर्ब ४३ करोड ५० लाख रुपैंया बराबर रहेको थियो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १।९२ प्रतिशत रहेको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २.३७ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको आधार दर ९.९२ प्रतिशतबाट घटेर ८ प्रतिशत झरेको छ भने स्प्रेड दर ४.८ प्रतिशतबाट ४.१९ प्रतिशतमा झरेको छ।
प्रतिक्रिया