मंगलबार कस्तो रहने देशभरको मौसम ?

५ बर्ष अगाडि

काठमाडौँ - मंगलबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम  सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ। बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानहरुमा हल्का हिमापाको संभावना । बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको भू–भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबिच देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागहरुमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया