सरकार विरुद्ध प्रचण्ड–माधव पक्षको सिठ्ठी जुलुस

५ बर्ष अगाडि

काठमाडौं – नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । 

सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शन सम्म रहेका छन् । 

प्रचण्ड माधव पक्षले माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने र १४ देखि २१ माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद् तथा प्रदेशसभा सदस्यसहित धर्ना दिने कार्यक्रममा समेटेको छ । 
त्यस्तै माघ १६ गते १ बजे शान्तिबाटीकाबाट ‘जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम’ लैनचौर प्रस्थान गर्ने, त्यसैगरी विरोध प्रदर्शन र सभा माघ १५ गते बुटलवल, १६ विराटनगर, १७ गते धनगडी गर्ने भएको छ । 

प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया गर्ने पनि घोषणा गरेको छ । यस्तै माघ २२ गते काठमाडौमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया