लोक सेवाले माग्यो बागमती प्रदेशमा १४९ अधिकृतस्तरका कर्मचारी

५ बर्ष अगाडि

काठमाडौं- लोक सेवा आयोगले बागमती प्रदेशमा १४९ जना अधिकृतस्तरका कर्मचारीको दरखास्त आह्वान गरेको छ ।

आयोगले रिक्त रहेका छैठौँ तहका पदहरुका लागि खुला तथा प्रतियोगितात्मक परिक्षाद्धारा अप्राविधिक तर्फ ६७ जना र प्राविधिक तर्फ ८२ जना गरि जम्मा १४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले अनलाइन मार्फत फागुन २ गते सम्म आवेदन दिनु पर्नेछ । साथै दोब्बर दस्तुर तिरेर फागुन ३ गतेदेखि फागुन १० गतेसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया