थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध

५ बर्ष अगाडि

काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले थप ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।

आरटीजीएस प्रणालीमा आवद्ध आवद्ध गराइएका बैकहरु ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक हुन् ।

त्यस्तै दुई फाइनान्स भध्ये आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हो । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।

आरटीजीएस प्रणाली मार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । 

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । 

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्टआरटीजीएस आरटीजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया