डेनिम क्लोथिङको एम्ब्यासडरमा नायक पल शाह

५ बर्ष अगाडि

काठमाडौं - ‘३६५ भेन्टेज डेनिम क्लोथिङ’को ब्रानड एम्ब्यासडरमा नायक पल शाह नियुक्त भएका छन् । 

ब्रान्ड र पल विच संझौता भएको छ । नेपाली म्यूजिक भिडियो र चलचित्रमा व्यस्त रहेका पलको पछिल्लो केही बर्षयता यूवायूवतीमाझ राम्रो क्रेज बनेको छ । यसैले पनि पललाई ब्रान्डले ब्रान्ड एम्ब्यासडर बनाएको हो ।

यो क्लोथिङ ब्रान्डसँग जोडिएपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट शतप्रतिशत साथ दिने बताएका छन् ।

यस्तै, ब्रान्डले पनि नायक पल शाहसँग जोडिन पाउँदा खुशी लागेको जनाएको छ । पल जोडिएपछि यो ब्रान्डलाई लिएर दर्शकमा अझै विश्वास पैदा हुने पनि बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया