काठमाडौं - नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
आइतवार ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।
अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सारसम्बन्धी समस्याहरु भोग्दै आईरहेकोले यस बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा ख्ऋत्क् सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जनाएको छ ।
उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिए । त्यसैगरी नाडाकातर्फबाट सिए साहिल अग्रवालले प्रशिक्षण दिए ।
सो कार्यक्रममा नाडाका कूल ४६ सदस्य कम्पनीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया