यस बर्षको ‘किताबजात्रा’माघ १७ गतेबाट

५ बर्ष अगाडि

काठमाडौं - ‘किताब यात्रा फाउन्डेसन’ले हरेक वर्ष आयोजना गर्दै आएको ‘किताब जात्रा’ यस वर्ष पनि हुने भएको छ । उक्त जत्रा माघ १७ गतेदेखि २३ गतेसम्म आयोजना हुने भएको हो ।

यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनका अनुसार माघ १७ गतेबाट हरेक दिन बेलुकी ६ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गते ५ बजेबाट ७ बजेसम्म ‘किताब जात्रा’ उल्लेखित माध्यमबाट हेर्न सकिनेछ । 

त्यसै सन्दर्भमा किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकहरुबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।

‘नेपाल टेलिकम’को ‘इन एसोसिएसन’ मा हुन लागेको ‘नबिल किताब जात्रा–२०७७’सँग ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र ई–सेवा सहकार्य गरेका छन् ।

पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो तेस्रो संस्करण हो ।
यसमा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिन्छ ।

 यस बर्ष भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरु समावेश ७ वटा सेसन, विशेष काव्यिक प्रस्तुतिका साथै अन्य कार्यक्रम रहने सात वटा सेसनका साथै अन्य विभिन्न प्रकृतिका कार्यक्रमहरु रहने फाउन्डेसनले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया