काठमाडौं- विश्वको धनी महिलाहरुको सुचीमा को को छन् ? र उनीहरु त्यहाँसम्म कसरी पुगे ? उनीहरुको सफलताको कस्तो रहेको छ धेरैलाई थाहा नहुन पनि सक्छ ।
वेल्थ एक्सद्धारा गरिएको गणनाअनुसार विश्वव्यापी अरबपतिहरुमा ११.९ प्रतिशत महिला रहेका छन् । फोब्र्सबाट अरबपतिहरुको वास्तविक सुची प्रयोग गरेर विश्वका धनी महिलाहरुको कुल आम्दानी को र कुन देशका हुन भन्ने कुरा थाहा हुन्छ ।
१. फ्राँस्वाज बेताँकूर–मायर्सः कुल ७१.४ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी पहिली धनी महिला हुन् ।
सौन्दर्यका सामान उत्पादन गर्ने लोरिआल ब्रान्डकी फ्रान्सेली उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्सको सो कम्पनीमा परिवारसहित ३० प्रतिशत हिस्सा छ । सन् २०१७ को सेप्टेम्बरमा ९४ वर्षको उमेरमा आमाको निधन भएपछि ६५ वर्षीया बेताँकूर मायर्समा उक्त सम्पत्तिको स्वामित्व सरेको हो ।
दुवै आमाछोरी वर्षौे पहिला एकअर्कासँग छुट्टिएका थिए र सन् २००७ मा उनीहरूबीच विवाद सुरु भएको थियो । आमाको स्वास्थ्यस्थिति बिग्रिँदै जाँदा सहयोगीहरूबाट आफ्नी आमामाथि शोषण भएको भन्दै बेताँकूर मायर्सले सहयोगीविरुद्ध मुद्दा हालेकी थिइन् ।
यद्यपि, उनको मृत्युअघि मेलमिलापमार्फत् सो मुद्दालाई टुंग्याइएको थियो । बेताँकूर मायर्स एक प्राज्ञ पनि हुन् र उनले ग्रिक देवताहरूका बारेमा र यहुदी–इसाईका सम्बन्धबारे पुस्तकसमेत लेखेकी छन् ।
२.एलिस वाल्टनः कुल ६८ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी दोस्रो धनी महिला हु्न्। । उनी अमेरिकी सुपरमार्केट वालमार्टका संस्थापक साम वाल्टनकी एक्ली छोरी हुन् । हाल उनी ७१ वर्षकी भइन् ।
यद्यपि, उनी पारिवारिक कम्पनीबाट निस्केर कलामा केन्द्रित भइन् र अर्कान्ससस्थित क्रिस्टल ब्रिज्स म्युजियम अफ अमेरिकन आर्टकी प्रमुख बनिन् । विश्वका धनि महिलाको सूचीमा उनको पनि र्चा हुने गरेको छ ।
३.मक्केन्जी बेजोसः कुल ५४.९ अर्ब डलर बराबरको सम्पत्तिसहित उनी विश्वकी तेस्रो धनी महिला बन्न पुगेकी छन् । उ
चार सन्तानकी आमा उनी ५० वर्षकी हुन् । सन् १९९३ मा उनले जेफ बेजोससँग बिहे गरेकी थिइन् । जेफले एक वर्षपछि एमेजनको स्थापना गरिन् । क्यालिफोर्नियाकी मक्केन्जी एमेजन कम्पनीमा काम गर्ने पहिलामध्येकी एक कर्मचारी हुन् । उनले लेखापालको रूपमा जागिर थालेकी थिइन् ।उनका दुईवटा आख्यान पुस्तक छापिएका छन् । उनलाई प्रशिक्षित गरेका लेखक टोनी मोरिसनले मक्केन्जी आफ्ना राम्रामध्येकी शिष्य भएको बताउँछन् ।
४.ज्याक्लिन मार्सः उनको कुल सम्पत्ति ४४.९ अर्ब डलर छ । मक्केन्जी बेजोस धनी महिलाहरूको सूचीमा पर्नुअघि मार्स तेस्री धनी महिला थिइन् । त्यतिवेलासम्म उनलाई विश्वकी ३३औँ सर्वाधिक धनी महिला मानिन्थ्यो ।
उनको विश्वका सबैभन्दा ठूलो कन्फेक्सनरी अर्थात् मिठाई उत्पादक मार्समा एकतिहाइ स्वामित्व छ । सन् १९११ मा उनका हजुरबुवाले त्यसको स्थापना गरेका थिए । करिब २० वर्षसम्म पारिवारिक व्यवसायमा उनी संलग्न रहिन् र सन् २०१६ सम्म बोर्ड सदस्य रहिन् ।
अहिले उनी समाजसेवीकी रूपमा चिनिन्छिन् । उनी वासिंगटन नेसनल ओपेरा र नेसनल आर्काइभको बोर्ड सदस्य छिन् । मार्सबारे एउटा कुरा धेरैलाई थाहा नहुन पनि सक्छः त्यो अमेरिकामा जनावरहरूका लागि खाना उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।
५.यान हुइयाङः कुल ३१.४ अर्ब डलर बराबरको सम्पत्तिसहित चीनकी सबैभन्दा धनी महिला र विश्वकी ५औँ धनी महिला हुन् । ३९ वर्षीया यान हुइयाङको अधिकांश हिस्सा चीनमा घरजग्गा कारोबार गर्ने कन्ट्री गार्डेन होल्डिङमा छ ।
उसको वेबसाइटका अनुसार सन् २०१६ मा कन्ट्री गार्डेन विश्वको तेस्रो ठूलो घरजग्गा कारोबार कम्पनी थियो । ओहायो विश्वविद्यालयमा पढेकी यान हुइयाङमा कम्पनीको ५७ प्रतिशत हिस्सा उनको बुवाबाट आएको हो ।
प्रतिक्रिया