काठमाडौं - मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा फागुन ६ गते बिहीवार हुने भएको छ । सभा रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौंमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । आईपीओ निष्कासन गर्ने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले जनाएको छ । त्यस्तै शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७६÷७७ को आय व्यय हिसाव, नाफा÷नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।
प्रतिक्रिया