मुद्दती निक्षेपमा २ अर्ब ४५ करोड लगानी गर्दै राष्ट्र बैंक

५ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। 

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ३६६ दिने निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ९६ करोड रुपैयाँ लगानि गर्ने भएको छ । त्यस्तै  ‘ख’ वर्गका विकास बैंकहरुमा ३६ करोड ७५ रुपैयाँ र  ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १२ करोड २५ लाख रुपैयाँ गरी कूल दुई अर्ब ४५ करोड रुपैयाँ लगानी गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले उक्त रकम २०७७ फागुन २ गतेदेखि २०७८ फागुन २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको जनाएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ १४ गते ३ बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया