काभ्रेमा एक दिने कर सचेतना तथा अभिमुखिकरण कार्यक्रम हुँदै

५ बर्ष अगाडि

काठमाडौं - काभ्रे जिल्लाको पनौती नगरपालीका, पनौती उद्योग वाणिज्य संघ र आन्तररिक राजस्व कार्यालय धुलिखेलको संयुक्त आयोजनामा कर सचेतना तथा अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।
 
सम्पूर्णलाई करको दायरामा ल्याउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम माघ १२ गते सोमबार विहान ११ बजेबाट नगरपालिकाको सभाहलमा सुरु हुँदै छ ।
 
कार्यक्रममा सम्पूर्ण नगरबासि व्यावसायिहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको उद्योग वाणिज्य संघ पनौतीका कार्य समिति सदस्य महेश पौडेलले जनकारी दिएका छन्। 

साथै कार्यक्रमको प्रमुख अतिथिको रुपमा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको उपस्थिति रहने पनि पौडेलले बताए ।                  


 

५ बर्ष अगाडि

प्रतिक्रिया