नेप्सेले माग्यो एनसीसी बैंकलाई स्पष्टिकरण

५ बर्ष अगाडि

काठमाडौं - एनसीसी बैंकलाई नेपाल स्टक एक्सचेन्ज९नेप्से०ले स्पष्टिकरण  मागेको छ । बैंकले शेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको भए तीन दिन भित्र जानकारी दिन भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो ।

माघ ९ गते सम्पन्न बैंकको साधारणसभाले आफु भन्दा बलियो संस्थासंग मर्जरमा जाने निर्णय गरेपछि शेयर बजारमा एनसीसी बैंकको शेयरको माग बढेको छ । 

आफुभन्दा बलियो संस्था नबिल बैंक र प्रभू बैंकसंगको अनौपचारीक छलफलको कुरा बाहिर आएपछि त्यस बारेमा जानकारी माग्दै नेप्सेले बैंकलाई पत्र पठाएको हो ।

बैंकको मर्जरको कुरा बाहिर आएपछि आइतबार मात्र १० प्रतिशत अर्थात ३३ रुपौयँले शेयर मूल्य बढेको छ ।

बैंकको तेइसौँ वार्षिक साधारण सभाले मर्जर सम्बन्धीको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिएको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया