काठमाडौं- आज आइतबार गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
गरिमा विकास बैंकले १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गरेको छ ।उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्दैछ । सोही कारण माघ ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन तथा साधारण सभामा भाग लिन सक्नेछन् ।
उक्त कम्पनीले १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया