प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु, ओलीमाथि थप कारवाही गर्ने

५ बर्ष अगाडि

 नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेबाट सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल हुने नेता वेदुराम भुषालले जानकारी दिए ।

प्रचण्ड माधव पक्षले यसअघि पार्टी नीति विपरित निर्णय गरेको भन्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउदै माधवकुमार नेपाललाई चयन गरेको छ ।

त्यस्तै महासचिवको जिम्मेवारीबाट विष्णु पौडेलको अधिकार पनि खोसिएको छ । आजको बैठकमा ओलीमाथि थप कारवाही गर्ने नेताहरुले बताएका छन् । 

त्यसमा ओलीलाई नेकपाको साधारण सदस्य नै नरहने गरी हटाइने छ । यसअघि ओलीलाई किन कारवाही नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोधिएपनि उनले सो समयमा जवाफ दिएका छैनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया