बलात्कारको अभियोगमा प्रहरी जवान पक्राउ

५ बर्ष अगाडि

बलात्कारको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला ट्राफिक कार्यालय लुम्बिनीमा कार्यरत  प्रहरी जवान विशाल शर्मा बलत्कारको आरोपमा पक्राउ परेका हुन् ।

 शुक्रबार पिडित द्वारा ुशर्मा माथी  उजरी दर्ता भएपछी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शर्मासँगै सोही घटनामा संलग्न गुरुचरण चौधरी लाई पनी  नियन्त्रणमा लिएको छ।

कार्तिक २३ गते रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा राति साढे ८ बजे हिँडिरहेका दुई महिलामध्ये एक जनालाई उनीहरुले सामुहिक बलात्कार गरेको पिडिले  जाएरी दिएका थिईन् । 
बलात्कृत हुने महिला दिदी बहिनी रहेका छन् । सुरुमा उनीहरुले बहिनीलाइ नग्न बनाएर मोबाइलमा फोटो खिचेको र त्यसपछि दिदीलाई बलत्कार गरेको प्रहरीले बताएका छन् ।

कसैलाई घटनाको बारेमा जानकारी दिए फोटो सार्वजनिक गर्ने धम्की दिएको पनि अनुसन्धानका क्रममा खुलेको छ। धम्कीकै कारण लामो समयसम्म बलात्कारको घटना लुकेको थियो। तर, एकाएक फोटो सार्वजनिक भएपछि पीडित पक्ष प्रहरीकहाँ पुगेका थिए।

५ बर्ष अगाडि

प्रतिक्रिया