नेपाल एग्रो लघुवित्तको नाफा  १ करोड माथि , वार्षिक प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल एग्रो लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्म १ करोड ४३ लाख ३३ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । 

लघुवित्तको चालु आ.व.को वित्तिय विवरणअनुसार लघुवित्तको नाफा १२३.४३ प्रतिशतले बढेको छ । गत आ.व. को सोही अवधिसम्म लघुवित्तले ६४ लाख १५ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ५ करोड ७२ हजार ४४ हजार रुपैयाँ रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५०.०८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६६.०६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४.३८ गुणा छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषको आकार १ करोड ५८ लाखबाट बढेर ३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले पुससम्ममा २८ करोड ६७ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ७५ करोड ९ लाख ७९ हजार रुपैयाँ सापटीबाट कुल ८८ करोड ३९ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १९ लाखबाट बढेर ३ करोड १ लाख पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ६६ लाख ९३ हजारबाट ४ करोड ८० लाख रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ । खराब कर्जा अनुपात बढेसम्गै लघुवित्तले सम्भावित नोक्सानीमा ६ करोड ८९ लाख ८६ हजार व्यवस्था गरेपछि लघुवित्तको सञ्चालन नोक्सानीमा पुगेको हो । यद्यपी लघुवित्तले ७ करोड ५ लाख रुपैयाँ खराब कर्जा उठाएपछि लघुवित्त नाफामा पुगेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा अनुपात १।३३ बाट १।९० प्रतिशतमा बढेको छ । पुस मसान्तसम्ममा लघुवित्तको कोषको लागत ५।७३ प्रतिशत छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया