लक्ष्मी लघुवित्तको नाफा २७.५१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- लक्ष्मी लघुवित्त वित्तिय संस्थाले चालु आ.व.को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको नाफा गत आ.व.को सोही अवधिको तुलनामा २७.५१ प्रतिशत बढेको हो ।

चालु आ.व.को दोस्रो त्रैमाससम्म फाइनान्सले ९ करोड ४ लाख रुपैंया बराबरको नाफा कमाएको छ । गत आ.व.को सोही अवधिसम्म फाइनान्सको खुद नाफा ७ करोड ८ लाख रुपैया रहेको थियो ।

चुक्ता पूँजी ३२ करोड रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले १ अर्ब ८७ करोड ८६ लाख रुपैयाँ तथा ३ अर्ब २९ करोड २३ लाख रुपैयाँ सापटीबाट कुल ५ अर्ब ५० करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको निष्क्रिय कर्जा ४.४२ प्रतिशत छ। जसको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ४९ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा तथा मूल्य आम्दानी अनुपात २६ रुपैयाँ ३८ पैसा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया