काठमाडौं- गोर्खार्ज फाइनान्स लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार फाइनान्सको नाफा गत आ.व.को सोही अवधिको तुलनामा १७८ प्रतिशत बढेको हो ।
चालु आ.व.को दोस्रो त्रैमाससम्म फाइनान्सले १७ करोड ३ लाख रुपैंया बराबरको नाफा कमाएको छ । गत आ.व.को सोही अवधिसम्म फाइनान्सको खुद नाफा ६ करोड १२ लाख रुपैया रहेको थियो । जुन यस वर्षको पुस मसान्तसम्म आउँदा १० करोड ९१ लाख रुपैया बढी हो ।
चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनीकोष २३ लाख रुपैयाँले ऋणात्मक देखिन्छ।
समिक्षा अवधिसम्म फाइनान्सको निक्षेप ७ अर्ब ७२ करोड ४७ लाख रुपैया बराबर रहेको छ । यस वर्ष फाइनान्सको निक्षेप ४० करोड ६८ लाख रुपैंया बराबरले बढेको छ । गत आ.व.को सोही अवधिसम्म आउँदा फाइनान्सको निक्षेप ७ अर्ब ३१ करोड ७९ लाख रुपैया बराबर रहेको थियो ।
यस्तै समिक्षा अवधिसम्म फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख कम हो ।
फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा छ भने मूल्य आम्दानी अनुपात ७।०८ गुणा रहेको छ।
प्रतिक्रिया