ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालकद्वय पक्राउ परेका छन्। ठगीको आरोपमा सञ्चालकद्वय शिरिष खड्का र सुरेन्द्र महर्जनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
विद्यालयका नाममा रहेको जग्गा बिक्रीका लागि बैना लिएर जग्गा नबेचेको र बैना फिर्ता नदिएको भन्दै उनीहरूविरुद्ध ठगीको उजुरी परेको थियो। ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।
विद्यालयका नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा कृष्णप्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैशाखमा दुई करोड ७५ लाख रुपैयाँ बैना लिएर जग्गा अर्कैलाई बिक्री गरेको भन्दै देवकोटाले उनीहरूविरुद्ध ठगीको आरोपमा उजुरी दर्ता गराएका थिए।
प्रतिक्रिया