सखुवाको काठ चोरी  गर्ने एक पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - अवैधरूपमा चोरी गरेर मिनीट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा ९९।५१ किवि सखुवाको काठसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित दक्षिणबाट उत्तरतर्फ को १ ख ३०६२ नंको सेतो रङको मिनीट्रक प्रयोग गरी काठ लैजाने इलाम नगरपालिका–२ का २१ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ट्रकको पछाडिपट्टि क्यारिङको भागमा त्रिपालले छापेर खापा काटेको अवस्थामा चिरान गरेको अवैध सखुवा जातको काठ ल्याउँदै गरेको अवस्थामा राईलाई ताराबारी अस्थायी प्रहरी चौकीले जाँचको क्रममा पक्राउ गरेको हो । 

बरामद काठ, ट्रकसहित उनलाई आवश्यक कानूनी कारवाहीका लागि आजै डिभिजन वन कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया