काठमाडौं - ऐतिहासिक सम्पदाको रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ ।
ती ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकताअनुरुप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।
निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । आगामी वैशाखसम्ममा निर्माण काम सक्ने लक्ष्यअनुरुप काम भइरहेको छ ।
बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकहरुमा लेखिएको छ ।
नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ ।
प्रतिक्रिया