बहुविवाह मुद्दामा फरार वडासदस्य श्रीमान सहित पक्राउ

५ बर्ष अगाडि

बहुविवाह मुद्दामा फरार रहेका वडासदस्यसहित दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १२ की वडासदस्य उसिला सिंह पोडे र रामशरण पोडे छन् ।उनीहरुलाई काठमाडौँको टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ।

बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौँले उनीहरुलाई ०६५ असारमा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । उसिलालाई  १ वर्षको कैद  ५ सय जरिवाना र रामशरणलाई  ११ महिना कैद र ५ हजार जरिवाना सजाय तोकेको थियो ।

उनीहरुलाई जिल्ला अदालत काठमाडौँको आदेशले सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको छ । पक्राउ परेकी उसिला सिंह काठमाडौँ महानगरपालिका १२ की निर्वाचित वडा सदस्य हुन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया