एजेन्सी- डेनमार्कले आप्रवासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने भएको छ । शरणार्थी प्रवेशमा कडा अडान राख्दै आएको डेनमार्कले अब आवेदनलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाएको छ ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले अब शरणार्थी प्रवेशमा थप कडा बनाइ आवेदनलाई शून्यमा झार्ने बताएकी हुन् ।
सन् १९९८ देखि नै डेनमार्कमा शरणार्थी प्रवेशमा कडाइ गरिँदै आएको छ । कोपेनहेगनले निकै थोरै व्यक्तिलाई मात्र शरणार्थीका रूपमा स्विकार्दै आएको र यसै अडानका कारण सन् २०२० मा एक हाजार ५४७ मात्र शरणार्थीका लागि आवेदन परेको थियो ।
यो सन् २०१५ को तुलनामा गत वर्षको शरणार्थीका लागि परेको आवेदनहरूको संख्या दश गुणा कम हो । सिरिया, लेबनान, अफगानिस्तानलगायतका एसियाली तथा अफ्रिकी मुलुकहरूबाट द्वन्द्वबाट बच्न र गरिबीका कारण युरोप छिर्ने लहर बढेपछि सन् २०१५ मा युरोपले उच्च शरणार्थी समस्याको सामना गरेको थियो ।
प्रतिक्रिया