गणपूरक सङ्ख्या नपुग्दा दोर्दी खोलाको साधारण सभा स्थगित, फेरी कहिले ?

५ बर्ष अगाडि

काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा स्थगित भएको छ । कम्पनीले माघ ९ गतेआह्वान गरेको साधारण सभा गणपूरक सङ्ख्या अपुग भएपछि स्थगित भएको हो । 

गणपूरक सङ्ख्या नपुगेपछि शुक्रबारै सञ्चालक समिति बैठक बसि माघ २६ गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे कम्पनीले पुनः साधारण सभा डाकेको छ ।

कम्पनीले उक्त साधारण सभाबाट सर्वसाधारणका लागि साधारण शेयर ९आईपीओ० निष्काशन गर्ने, आयोजना निमार्णका लागि थप ऋण लिने, र नियामक निकायको निर्देशन बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने विशेष प्रस्ताव गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया