मलेसियामा मृत्यु भएका १८ नेपालीको शव नेपाल आईपुग्यो

५ बर्ष अगाडि

वैदेशिक रोजगारीका लागी मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो ।

 एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो । 

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो । निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया