पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेका छन् । झापाको शिवसताक्षी नगरपालिकामा किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस तोडफोड भएको हो ।
खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरूले मट्टितेल छर्केर उक्त बसलाई आगजनीको प्रयास गरेका थिए। आगजनी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चिच्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले जनाएको छ । तोडफोड भएको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
प्रतिक्रिया