काठमाडौं - नागरिक समाजले माघ १२ प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्ने भएको छ ।
संसद विघटनको विरोधमा सुरु भएको उक्त समाजले यसअघि नै बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको थियो । सोहीअनुसार प्रदर्शन कार्यक्रम माघ १२ गतेका लागि तय गरेको समाजले जनाएको छ ।
दिउँसो २ बजे कमलपोखरी जम्मा भई कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको समाजले जनाएको छ ।
मार्चपासका क्रममा कलात्मक प्रस्तुति पनि हुने बताइएको छ ।
प्रतिक्रिया