काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ६ महिनामा रु. १७ अर्ब ३ करोड ३३ लाख प्रशोधित सोयाविन तेलको निर्यात भएको छ । समिक्षा अवधीमा ११ करोड ५६ लाख ६४ हजार भन्दा बढी केजी सोयाविनको तेल निर्यात भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ ।
भन्सार बिभागको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । पछिल्लो समय प्रशोधित सोयाविन तेल नेपालको पहिलो निर्यातयोग्य बस्तु भएको छ । बिभागका अनुसार यो सबै तेल भारतमा निर्यात भएको हो ।
गत मंसिरसम्म रू. १३ अर्ब ५० करोडको सोयाविन तेल निर्यात भएको थियो । त्यो अनुसार पुसमा मात्र झण्डै ४ अर्बको सोयाविन तेल निर्यात भएको देखिन्छ ।
गत आवमा नेपालदेखि पाम आयाल सबैभन्दा बढी निर्यात हुन्थ्यो । तर, यस बर्ष भने सोयाविन तेल निर्यात बढी हुने गरेको छ ।
भारतले गत बैशाखदेखि पाम आयाल प्रतिवन्ध लगाएपछि अहिले पाम आयालको निर्यात हुन सकेको छैन । त्यसपछि नेपालमा पाम आयलको व्यवसाय गर्दै आएका व्यवसायीले सोयाविन तेलनको उत्पादन बढाएका छन् ।
उनीहरुले विदेशबाट सोयाविन तेलको कच्चा पदार्थ लिएर यहाँ प्रशोधन गरेर खाना योग्य बनाउछन् । त्यसपछि त्यो नेपालमा पनि खपत हुने गरेको छ भने अधिकांश मात्रामा भारतमा पनि निर्यात हुने गरेको छ । भारतमा सोयाविन तेलको ठुलो बजार रहेको बताइएको छ ।
प्रतिक्रिया