राष्ट्र बैंकले बैदेशिक रोजगारमा गएका नेपालीकबाट ऋण लिने, कति दिन्छ व्याज ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको बचत पत्र बिक्रीमा ल्याएका छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै आजदेखि नै उक्त बचत बिक्रीमा ल्याएको हो ।
 
राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागद्धारा वैदेशिक रोजगार बचत पत्र निस्काशन गरिएको हो । त्यसमा वैदेशिक रोजगारमा संलग्न नेपालीहरुलाई उक्त बतचपत्र खरिद गर्न आह्वान गरिएको हो । 

उक्त बचत पत्रको नाम बैदेशिक रोजगार बचतपत्र राखिएको छ । यसको अवधि ५ वर्ष रहेको छ । बचत पत्रमा बैदेशिक रोजगारमा रहेका र हालै नेपाल फर्किएको तर ६ महिना ननागेका कामदारहरुले आवेदन दिन सक्ने छन् । 

बचत पत्रको आवेदन दिने मिति २०७७ माघ ९ गते देखि फागुन २ गते सम्म रहेको छ । त्यस्तै बचतपत्रको निष्काशन मिति भने २०७७ फागुन ८ गते तोकिएको छ । सावा भुक्तानी मिति भने २०८२ फागुन ८ गते रहेको छ ।
 
उक्त बचतमा बार्षिक १० प्रतिशतका दरले व्याज दिने बताइएको छ । आर्जित व्याज भने ६÷६ महीनामा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । आवेदन फारम विक्री एजेण्ड मार्फत निशुल्क लिन सकिने बताइएको छ । 

इच्छुक खरिदकर्ताले आपूmलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाण्डौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट व्याज भुत्तानी लिन सकिने व्यवस्था पनि गरिएको छ ।

बचतपत्र खरिदका लागि रकम बुझाएकै मितिदेखि निष्काशन मिति भन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको ब्याज रकम तोकिएको ब्याजदरमा भुक्तानी दिइने छ ।
 
कामदारले आवेदन दिँदा राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्ने हुन्छ ।

साथै, परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नावालकको नाममा संरक्षक भइ खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गनुपर्ने हुन्छ ।

रितपूर्वक पेश नभइ अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्काशन मिति पश्चात ७ दिन भित्र फिर्ता गरिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया