काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरि कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
माघ ८ गते, बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया