महिला लघुवित्त वित्तिको खुद नाफा ३ करोडभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- महिला लघुवित्त वित्तिय संस्था लिमिटडले चालु आ.व.को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुबित्तको खुद नाफा गत आ.व.को तुलना ३ करोड ३४ लाख २१ हजार रुपैंयाँले बढेको छ ।

लघुवित्तले पुस मसान्तसम्म ५ करोड ४३ लाख ७९ हजार रुपैंया बराबरको खुद नाफा कमाएको हो । गत आ.व.को सोही अवधिसम्म लघुवित्तले २ करोड ९ लाख ५८ हजार रुपैंया बराबरको खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको चुँक्ता पुँजी ६ करोड रुपैंया रहेको छ ।  लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४५ प्रतिशत छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १८१.२७ रुपैयाँ छ ।

समिक्षा अवधिसम्म लघुवित्तको निक्षेप ७८ करोड ५३ लाख ३३ हजार रहेको छ । गत आ.व.को सोही अवधिसम्म लघुवित्तको निक्षेप ६० करोड १७ लाख ७३ हजार रुपैंया रहेको छ । 
यस्तै बैंकले पुस मसान्तसम्म आउँदा लघुवित्तको २ अर्ब ८१ करोड ४२ लाख  ५३ हजार रुपैंया बराबरको कर्जा प्रवाह भएको छ । 

पुससम्ममा लघुवित्तले ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ६ करोड ५२ लाख १७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ६ करोड १४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड १५ लाख २० हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया