काठमाडौं – सानिमा म्युचल फण्डको सानिमा लार्ज क्याप फण्ड इकाईको बिक्री खुल्ला भएको छ । सानिमा म्युचल फण्डले आजदेखि नै उक्त फण्डको बिक्री खुल्ला गरेको हो ।
फण्डले कुल १० करोड इकाई क्याप फण्ड बिक्री गर्न लागेको हो । त्यसमा ८ करोड ५० लाख इकाईमा कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुले आवेदन दिन पाउने छन् । फण्डले १ करोड ५० लाख इकाई भने कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई छट्टाएको छ । यसको मुल्य प्रति इकाई १० रुपैयाँ रहेको छ । यसमा माघ १३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधीमा आवेदन पुरा नभए माघ २६ गतेसम्म समय थप गरिने छ ।
प्रतिक्रिया