मञ्जुश्री फाइनान्स ऋणपत्र निष्काशन माघ १८ गतेदेखि

५ बर्ष अगाडि

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। 

फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले 
 सर्वसाधारणका लागि २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता शेयर र व्यक्तिगत रुपमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। 

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २१ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २ गतेसम्म लम्बिनेछ।

फाइनान्सले ८ वर्षका लागि ९.५ प्रतिशतका दरले ऋणपत्र निष्कासन गर्न जनाएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया