लुम्बिनी विकास बैंकको ३ प्रतिशत नगद लाभांश वितरण

५ बर्ष अगाडि

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरूलाई वितरण गर्न लाभांश प्रस्ताव पारित भएसंगै नगद लाभां)श वितरण गरेको छ ।

बैंकको पुस २६ गते आइतबार भएको १३ औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत  नगद लाभांश क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा वितरण गरिएको हो । १३ औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर भने सिडिएससी र नेप्सेमा सूचीकरण भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

उक्त लाभांश साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा जम्मा गरिएको बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

यसैगरी बैंकले शेयर धितो राखेका शेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया