प्रधानमन्त्री ओलीलाई राजतन्त्रकालिन सम्बोधनको इच्छा, उदाहरण दिएर पत्रकारलाई लेख्न सिकाए

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राजतन्त्रकालिन सम्बोधनको इच्छा व्यक्त गरेका छन् । नेकपा ओली समूह निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधनको क्रममा प्रधानन्त्री ओलीले राजा र राजाका परिवारलाई गरेको सम्बोधनको उदाहरण दिँदै आफूले पनि सोही प्रकारको सम्बोधनको इच्छा व्यक्त गरेका हुन् । 

उनले आफूलाई पनि सोही प्रकारको सम्बोधन चाहियो भनेर त बोलेनन्, तर अहिले पत्रकारले तिमी भन्ने सम्बोधान गरेर पीत पत्रकारिता गरको आरोप लगाउँदै सभ्यताका लागि राजतन्त्रकालिन समयमा प्रयोग हुने सम्बोधन नै ठीक भएको उदाहरण पेश गरे । उनले आफ्नो पार्टी निकटका पत्रकार सोही सभ्यतामा रहनुपर्ने भन्दै निर्देशन समेत दिए । 

‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ’, उनले भने,  ‘हिजो राजतन्त्र हुँदा, दरबार हुँदा, राजाको श्रीमती हुँदा, छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौं ? भन्नुभयो भन्दैनथ्यौं, हुक्कुम बक्सियो । हेर्नुभयो भन्दैनथ्यौ थियौ, नजर भयो । तर आज आज त हामी हेर्नुस् न होइन, हेर‘ ।’ 

अहिले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको उनले बताए । प्रधानन्त्री ओलीले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताए । उनले अघि भने, ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन ।’

हलमा उपस्थित पत्रकारहरुलाई सम्बोधन गर्दै उनले स्वार्थका लागि समाचार नलेख्न आग्रह गरे । 
सम्बोधनको अधिकांश समय पत्रकारिताकै विषयमा बोलेका ओलीले सभ्यता नभुल्न आग्रह गर्दै सबैलाई तिमी भनेर पत्रकारहरुले आफ्नो सभ्यता बिर्सिएको ओलीले दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले मानव समाज चरा जस्तो नभएकाले सभ्य भाषा प्रयोग गर्न आग्रह गरे । ‘पखेटा उम्रेपछि चराले बाआमा चिन्दैनन् । को थियो, थियो रु’, ओलीले भने । उनले बाआमा, हजुरआमाहरुलाई तिमी भन्ने भाषा प्रयोग मामुली कुरा नभएको टिप्पणी गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया