काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले पारित गरेको २ प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको हो ।
गत पुस १४ गतेसम्ममा आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्दा खाताको विवरण हुबहु नमिलेर नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुले शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखिएको आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउँन बैंकले अनुरोध गरेको छ ।
गत पुस १४ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने बैकले जनाएको छ ।
प्रतिक्रिया