मात्र चार रुपैँयामा चिउरा तरकारी !

५ बर्ष अगाडि

व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा रु चारमा नै खाँदै आएका छन् । 

‘हम हाउस’ नामक एक जापनिज संस्थाले विद्यालयमा खाजा व्यवस्थापनका लागि मासिक रु २५ हजार सहयोग गर्दै आएको छ । दुई सय विद्यार्थी र १० शिक्षक शिक्षिकाले दैनिक खाजा खाँदा एक जनाको भागमा दैनिक रु चार पर्ने गरेको विद्यालयका प्रधानाध्यापक ललित पाण्डेले बताए । 

उक्त संस्थाले गत भदौदेखि विद्यालयलाई सहयोग गर्दै आएपछि खाजाका लागि सहज भएको छ । प्रधानाध्यापक पाण्डेले भने , “खाजा पकाउने भाडावर्तनदेखि खाने प्लेट, चम्चा, गिलासलगायतका सामग्री सहयोग भएको छ ।” बढी भएका खानेकुरा फ्याँक्नु नपरोस् भन्ने सोचका उक्त संस्थाले साथ एक थान फ्रिजसमेत उपलब्ध गराएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया